दफा १५
रोजगार सूचना उपलब्ध गराउने
रोजगार सेवा केन्द्रले आफ्नो क्षेत्रभित्रका रोजगारदाताहरूका लागि आवश्यक श्रमिकहरूको उपलब्धता र सूचीकृत बेरोजगार व्यक्तिका लागि रोजगारीका अवसर सम्बन्धी सूचना उपलब्ध गराउनु पर्नेछ।